लकडाउनको ३ महिनामा एटीएमबाट झिकियो ५४ अर्ब रुपैयाँ

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ असार २०७७, ०८ : २९
लकडाउनको ३ महिनामा एटीएमबाट झिकियो ५४ अर्ब रुपैयाँ

काठमाडौं । चैत ११ देखि जेठसम्म सर्वसाधारणले एटीएमबाट ५४ अर्ब २७ करोड रुपैयाँ झिकेका छन् ।  लकडाउनको अवधिमा विद्युतीयसँगै एमटीएममार्फत हुने कारोबार पनि बढेको छ ।

मासिक रुपमा चैतको तुलनामा जेठसम्म एटीएमको कारोबार १४४ प्रतिशत बढेको छ । गत वैशाखमा ग्राहकले एटीएमबाट मात्र २३ अर्ब १५ करोड र जेठमा २२ अर्ब ७ करोड रुपैयाँ झिकेका थिए । ०७६ चैतमा यस्तो कारोबार गर्दा ९ अर्ब ४ करोड रुपैयाँ थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस