आज एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले मात्र शपथ खाने

सोमबार, १४ फागुन २०७४, १५ : ५२
आज एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले मात्र शपथ  खाने

आज एमालेबाट दुई र माओवादी केन्द्रका दुई मन्त्रीले मात्र शपथ लिँने भएका छन । बालुवाटार स्रोतका अनुसार एमालेबाट महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडा माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र मातृका यादवले सपथ खाने बुझिएको छ । र, उनीहरूको शपथ चार बजेलाई तय भएको छ ।

संघीय समाजवादी फोरम, नेपाललाई पनि सरकारमा सहभागी गराउने तयारीमा जुट्दा सोमबार पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको हो ।

खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ । तर, महासचिव पोखरेलको मन्त्रालय टुंगो नलागेको स्रोतले जनाएको छ ।

थापालाई गृहमन्त्रालयको जिम्मेवारी दिने निश्चित भएको छ भने यादवको मन्त्रालय टुंगो नलागेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस