थप ५८६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०७७, १६ : २०

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ ।