टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरी जिल्ला अदालत कैलालीमा हाजिर

सोमबार, १४ फागुन २०७४, १३ : ०६
टीकापुर घटनाका फरार अभियुक्त  रेशम चौधरी जिल्ला अदालत कैलालीमा हाजिर

कैलाली । टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत कैलालिमा हाजिर भएर आत्मसमर्पण गर्न हाजिर भएका हुन् ।

चौधरी कैलाली एक बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।  वि.सं. २०७२ भदौ ७ गते सात जना प्रहरी र एक जना नाबालक मारिएको घटनाका आरोपी चौधरीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेशमले तीन गुणा मतान्तरले विपक्षीलाई पराजित गरे । रेशमले ३४ हजार तीन सय ४१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार चार सय छ मत पाएकी थिइन् ।
सांसदमा जितेपनि प्रहरीको खोजीमा रहेका चाैधरी सांसदको प्रमाणपत्र लिन अाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस