यस्तो रहयो माओवादी मन्त्रीको सूचि

सोमबार, १४ फागुन २०७४, ११ : ०९
यस्तो रहयो माओवादी मन्त्रीको सूचि

माओवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पारेको छ ।

उच्च राजनीतिक स्रोतका अनुसार रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जानेछ ।

बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस अघि उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए ।

त्यसबोहक माओादीका तर्फबाट बादलबाहेक हालसम्म मन्त्रीको सूचिमा मात्रिका यादव, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगरको नाम टुंगिएको छ ।

माओवादीबाट सात जना मन्त्रीहरु सहभागी हुनेछन् । उनीहरुको आजै सपथग्रहण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस