घरभित्रबाट दुर्लभ अजिंगरको उद्धार

सोमबार, १४ फागुन २०७४, ०९ : ४०
घरभित्रबाट दुर्लभ अजिंगरको उद्धार

रत्ननगर, चितवन । चितवनको रत्ननगर नगरपालिका– ७ स्थित बछौलीको एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ । आइतबार एक घरको भान्छामा पसेको अजिंगरलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले उद्धार गरेको हो ।

उक्त अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो । उक्त घरका मानिसले खाना पकाउन जाने क्रममा अजिंगर देखेपछि खबर गरेका थिए ।
कतिपय स्थानीयले आफैँ समाएर ल्याउने गरेको र कतिपयले खबर गर्ने गरेको उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा यसरी दुर्लभ वन्यजन्तु बाहिर निस्किने गर्छन् । चितवन निकुञ्जले उद्धार गरी पुनः पुरानै वासस्थानमा फर्काउने गरेको सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस