यस्तो रहयो ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

आइतबार, १३ फागुन २०७४, २१ : ४७
यस्तो रहयो ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राजधानी बाहिर रहेका प्रचण्ड साँझ काठमाडौँ फर्किए लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच करिब ४५ मिनेट छलफल भएको छ ।
स्रोतका अनुसार आजको छलफल मन्त्रिपरिषद विस्तारमा केन्द्रीत रहेको थियो ।  स्रोत भन्छ, माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भोलि बिहानसम्म माओवादीबाट सरकारमा सहभागी हुने सातै जना मन्त्रीहरुको नाम बुझाउने बताएका छन् ।
माओवादीले मन्त्रीहरुको नाम बुझाएर भोलि साँझ चार बजे मन्त्रीहरुको तयारी गरिएको पनि बुझिएको छ ।
उपप्रधानमन्त्री नराख्दा गृह कसलाई दिने भन्नेमा अन्यौल छ । रामबहादुर थापा बादलसँगै वर्षमान पुन अनन्त र जनादर्न शर्मा प्रभाकरले पनि गृहमन्त्री दाबी गरेका छन् ।
एमालेले पनि मन्त्री छान्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नै दिएको छ । तर, कोको मन्त्री बन्ने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस