गुण्डागर्दी गर्नेलाई आत्म समर्पण गर्न सिबीआइ प्रमुखको अन्तिम चेतावनी

आइतबार, १३ फागुन २०७४, २१ : १३
गुण्डागर्दी गर्नेलाई आत्म समर्पण गर्न सिबीआइ प्रमुखको अन्तिम चेतावनी

सिबीआइ प्रमुख पुष्कर कार्किले गुण्डागर्दी गर्नेलाई आत्म समर्पण गर्न अन्तिम चेतावनी दिएका छन । उनले नेपालमा गुण्डागर्दी गर्नेहरुलाई आत्म समर्पण नगरे सिधै इन्काउन्टर गरिने बताए ।
केन्द्रिय अनुसन्धान व्युरोको नेतृत्व प्रहरी नायव महानिरीक्षक पुष्कर कार्किले लिएपछी संगठित अपराध, मानव बेचबिखन, सुन तस्करी लगायतका गम्भीर अपराधमा संलग्नहरु धमाधम पक्राउ परेका छन ।
संगठनमा ईमानदार र स्व्च्छ छवि भएका प्रहरी अधिकारीहरु मध्यमा पर्ने कार्किले अपराधमा संलग्न प्रहरीलाई समेत कारबाही गरेर कानुन भन्दा ठूलो कोहि छैन भन्ने उदाहरण समेत प्रस्तुत गरेका छन ।
गुण्डा नाइकेहरु सिआइबी भनेपछी तर्सने गर्छन । सन्दिप योगी, सागर थापा नेपाल प्रहरीको मोष्ट वान्टेड शुचिमा रहेका गुन्डा नाइके तथाकथित डन मनोज पुनले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्या गराएका थिए ।
४ पुस ०७३ मा नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि उनले २१ पुस ०७४ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका साथी रुपन्देहीको देवदहका फर्निचर व्यवसायी बलु पौडेललाई गोली प्रहार गरे ।
केन्द्रिय अनुसन्धान व्युरोले मस्ट वान्टेड सुचिमा राखेपछि उनले भारतलाई शेल्टर बनाएर नेपालमा शृङ्खलाबद्ध हत्या काण्ड गराए । त्यति मात्र नभएर उनले हत्यापछी स्वयं प्रहरीलाई र पत्रकारलाई फोन गरेर आफुले हत्या गरेको भन्दै जिम्मा समेत लिने गरेका थिए ।
२३ असोज ०७४ मा उनको ग्र्याण्ड डिजाइनमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या भयो । निर्माण व्यवसायी महासंघले आफ्ना केन्द्रिय अध्यक्षको हत्याको बिरोधमा आन्दोलननै गर्यो । शृङ्खलाबद्ध हत्याकाण्ड मच्चाएका गुण्डा नाइके मनोज पुनको खोजी तिब्र पारिएको थियो । केन्द्रीय अनुसन्धान व्युरो का प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) प्रमुख पुष्कर कार्किले कमाण्ड सम्हाले लगत्तै सिआइबीले गम्भीर अनुसन्धान सुरु गरेको थियो ।
सिआइबीको अनुसन्धानमा गुण्डा नाइके पुन रुपन्देही जिल्ला आएको सुचना लगत्तै गोप्य रुपमा सिआइबीको टोलि परीचालित भएको थियो । एनकाउन्टरमा संलग्न एक प्रहरी अधिकारीले ओएस नेपाललाई दिएको जानकारी अनुसार पुनसहित उनका सहयोगी सोम आले नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोलीसमेत परिचालित भयो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहिका प्रहरी उपरिक्षक एसपी श्याम ज्ञवालीले ओएस नेपाललाई जानकारी दिंदै भने – हामिले उ भारतबाट रुपन्देही छिरेको सुचना पायौं र हिरासतमा लिन पक्राउ गर्ने योजना थियो तर बुधबार बिहान करिब साढे ३ बजे पक्राउ गर्ने प्रयास गर्दा हामी माथी फाएरिङ खोलेपछी जवाफी कारबाही स्वरुप गोलि चलाउँदा उस्लाई र उस्को साथीलाई गोलि लाग्यो ।
तत्काल हामिले हस्पिटल समेत लगेका थियौँ । प्रहरी उच्च स्रोतका अनुसार पुन र उनका साथीले फाएरिङ खोलेपछी प्रहरीले गोलि चलाउँदा पुनका साथिको घटनास्थलमै मृत्युु भैसकेको थियो । रूपन्देहीको देवदह नगरपालिका वडा नंबर–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ बाटोमा मुठभेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस