भोयज अफ स्टाईल चितवनद्धारा वालवालिकालाई सहयोग

आइतबार, १३ फागुन २०७४, २० : १९

कैलाशनगर । ब्लुरेज प्रोडक्सनको आयोजनामा हुन लागेको भोयज अफ स्टाईल चितवनका प्रतिस्पर्धीहरुले शनिबार एक कार्यक्रमको आयोजना मार्फत कैलाशनगरस्थित नेपाल स्वयसेवी हातहरुमा आश्रित वालवालिकाहरुलाई सहयोग गरेका छन् ।
२०६६ सालमा काठमाण्डौंमा स्थापना भएको नेपाल स्वयसेवी हातहरु संस्था हाल चितवनको कैलाशनगरमा सञ्चालनमा रहेको छ । संस्थामा रहेका १२ जना वालवालिकाहरुलाई स्टेशनगरी, लत्ताकपडा, खेलकूदका सामाग्रीहरु वितरण गरिएको थियो । नेपाल स्वयसेवी हातहरुका अध्यक्ष ओम सापकोटाको अध्यक्षमा सम्पन्न कार्यक्रममा समाजसेवी एवं युवा व्यवसायी राकेशमान श्रेष्ठ, भोयज चितवनका  कोर्डिनेटर रिया गैरे, नारायणी पोष्टका प्रबन्ध निर्देशक सुनिलकुमार क्षेत्री, भोयज अफ स्टाइल चितवनका विशाल न्यूरे, विनिता आचार्य लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस