जसपा निर्वाचन आयोगमा दर्ता,अध्यक्षमा महन्थ र उपेन्द्र

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, १९ : ४६
जसपा निर्वाचन आयोगमा दर्ता,अध्यक्षमा महन्थ र उपेन्द्र

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।

यस्तै, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० मा पार्टी एकताको सहमति जुटेको थियो ।

प्रतिक्रिया दिनुहोस