शहीद डम्बर गुरुङको सम्झनामा प्रतीक्षालय

शनिबार, २४ जेठ २०७७, १० : १८
शहीद डम्बर गुरुङको सम्झनामा प्रतीक्षालय

चितवन ।  शहीद डम्बर गुरुङको सम्झना र सम्मानका लागि प्रतीक्षालय निर्माण गरिएको छ ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे द्धन्दमा शहादत प्राप्त गर्नुभएका चितवन शारदा नगरका डम्बर गुरुङको सम्मानका लागि सङ्घीय सांसद कृष्णभक्त पोखरेल र प्रदेश सांसद घनश्याम दाहालले इच्छाकामना–६ स्थित भालुभञ्ज्याङमा प्रतीक्षालय निर्माण गर्नुभएको हो ।

प्रतीक्षालय निर्माणका लागि सांसदद्वय पोखरेल र दाहालले व्यक्तिगतरूपमा रु एक लाख उपलब्ध गराउनुभएको थियो । सोही रकमले प्रतीक्षालय निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सचिवालय सदस्य तथा इच्छाकामना गाउँकमिटीका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस