विरगंज । कोरोना सन्त्रासका कारण सरकारले आव्हान गरेका लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्साका पसल–व्यवसायहरु खुल्ने भएको छ । स्थानिय प्रशासनले पसल व्यवसायहरु संचालन गर्न जोर–विजोरको नियम ल्याएसंगै सो अनुसार नै खुल्ने भएको छ ।
जेठ २३ गते शुक्रबारदेखि पर्साका पसल व्यवसायहरु जोर–विजोर गते गरेरआलोपालो खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । शुक्रबारदेखि जोर गतेका दिन रेडिमेट कपडा, कस्टेमेटिक, ईलेक्टिकलस , ईलेक्ट्रोनिक्स पसलहरु बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
यस्तै विजोर गतेका दिन हाडवेयर, साईकल, मोटर तथा मोटर पार्टस, अटोवर्कस, भाँडावर्तन, सुनचाँदी, फर्निचर लगायतका पसलहरु खोल्न दिने निर्णय गरिएको बस्नेतले बताए । जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले लामो समयदेखिको बन्दाबन्दीले अर्थतन्त्रमा परेको असर र अत्यावश्यक बस्तुहरुको सहज आपूर्ति तथा जिल्लाका व्यावसायीहरुले संक्रमण नफैलिने गरी व्यवसाय सञ्चालनको व्यवस्था मिलाई दिन गरेको अनुरोधलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक बस्तु बिक्री गर्ने पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म हरेक दिन खोल्न अनुमति दिएको छ । तर हाटबजार, खुल्ला स्थानमा भने बिक्री गर्न नदिने निर्णय गरेको छ । माछा–मासु, कुखुराको दाना, पशु आहार, खाद्य किराना, कृषि उत्पादन मल, बिउ लगायत मालबस्तुको ढुवानी हरेका दिन साँझ ७ बजेपछि गर्न दिने समितिले निर्णय गरेको छ । पसल सञ्चालन गर्दा सामाजिक दूरी भने अनिवार्य कायम गरिनु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०७७, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिडिओ कार्यालय पर्सामा तनाव, विवाद साम्य पार्न छलफल जारी
वीरगन्जमा थपियो कर्फ्यु अवधि
रास्वपाका कार्यकर्ताले गरे पर्सामा प्रदर्शन
जिल्ला प्रशासन पर्साको प्रांगणभित्रका भाडाका सटर खाली गर्न ३५ दिने सूचना
बारा र पर्साका सीमा नाका आजदेखि ४८ घण्टासम्म बन्द
पर्साका नाका १० जेठदेखि ४८ घण्टा बन्द हुने