लकडाउनको मोडालिटी परिवर्तन गर्न आज मन्त्री परिषद बैठक

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, ०९ : ५६
लकडाउनको मोडालिटी परिवर्तन गर्न आज मन्त्री परिषद बैठक

काठमाडौँ । लामो समय देखि लकडाउन गरिदै आएपछि कोरोना संक्रमण झनै बढदैं जान थालेपछि ससरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । 

मोडालिटी परिवर्तन गर्नकै लागि आज बिहीबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी परिवर्तनबारे निर्णय हुनसक्ने श्रोतको भनाई छ । श्रोतका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्नेछ ।

लकडाउन के कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर ‘हिजै प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्नुभएको छ । त्यो छलफलमा पनि मोडालिटी परिवर्तनको सुझाव आएको छ । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा परिवर्तन हुने बताईएको छ । 

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस