भारतबाट आएका १४ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमित ६० पुगे

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, ११ : ४१

काठमाडौं । कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशको संख्या ६० पुगेको छ ।

पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका हुन् । सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो ।

उनीहरु केही दिन अगाडि मात्रै भारतबाट फर्किएका थिए । नारायण नगरपालिका वडा नम्बर २, ३, ४, ५, ८, १० र ११ का १७ देखि ४१ वर्षसम्मका पुरुष रहेका छन् । 

प्रतिक्रिया दिनुहोस