विद्यार्थी,शिक्षक हुँदै संरक्षकसम्मकाे यात्रामा प्रचण्ड

शनिबार, १२ फागुन २०७४, १५ : ००
विद्यार्थी,शिक्षक हुँदै संरक्षकसम्मकाे यात्रामा प्रचण्ड

भरतपुर । नरायणी विद्या मन्दिर माध्यामिक विद्यालय शिवनगरकाे ५४ अाै बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएकाे छ । विद्यालयमा अध्यक्ष प्रचण्डले अध्धययन गर्नुका साथै शिक्षक भएर अध्यापन गराउनु भएको थियाे । वि. स २०२१ सालमा स्थापना भएकाे विद्यालयकाे भाैतिक विकासकाे निम्ति प्रचण्डले २४ लाख विनियोजन गर्नुभएकाे थियाे ।

अध्यक्ष प्रचण्ड लगायत दर्जनाै भुपु विद्यार्थीहरु अहिले देशकाे नेतृत्वमा पुगेका छन् । २०२७ सालमा यसै विद्यालयबाट एसएलसी पास गरि ७ महिना अध्ययपन गराउनु भएकाे थियाे । उहाँका शिक्षक टेननाथ सापकाेटाका अनुसार अध्यक्ष प्रचण्डकाे स्वाभाव हाैसला प्रदान गर्ने खालकाे हुनुहुन्थ्यो ।

विद्यालयकाे हरेक गतिविधिमा प्रचण्डले चासाे लिदै अाउनु भएकाे प्रति प्रचण्डका शिक्षक सापकाेटाले खुशी व्यत्त गर्नु हुन्छ ।



 

प्रतिक्रिया दिनुहोस