काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जनाएको छ । अहिले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
नेपालको पूर्वी भू–भाग आसपासमा निम्न चापीय प्रणाली रहेको र स्थानीय वायुको पनि प्रभाव भएकाले केही क्षेत्रको मौसम भने आंशिक बदली हुने मौसमविदले बताएका छन् ।
मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिम पहाडी भू–भागमा अपराहन्न पश्चात सामान्य बदली हुने छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ । मध्य तथा पूर्वी भू–भागका थोरै स्थान र पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
पूर्वी र मध्य भू–भागका थोरै स्थान तथा पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। राति पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रहने छ । पश्चिम पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतयासफा रहने मौसमविदले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०७७, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : सातै प्रदेशमा सामान्य वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा सामान्य वर्षाको सम्भावना