चरिकोट । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् ।
दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै कालीञ्चोक गाउँपालिका–७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।
बेपत्ता दुवै युवा आइतबार फरक फरक ठाउँमा माछा मार्न र पौडी खेल्न गएका थिए । बेपत्ता भएका दुवै जनाको स्थानीय तथा प्रहरीको सक्रियतामा खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाउन भरतपुर महानगर र गाउँपालिकाको सहकार्य
नदी कटान नियन्त्रण गर्न बजेट अभाव
कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीको निगरानी
पाल्पामा नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
बागमती नदीबाट एक व्यक्तिको उद्धार