एनआरएनए समन्वय समितिद्धारा भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०७७, १३ : ३८
एनआरएनए समन्वय समितिद्धारा भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

भरतपुर । एनआरएनए समन्वय समितिले आईतबार भरतपुर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

लामो समयदेखि बेल्जियम तथा अन्य देशमा व्यवसाय गर्दै आउनुभएका एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव राजेन्द्र कुमार शर्मा, गौरी जोशी तथा सह–कोषाध्यक्ष लोक दाहालले एक सय थान पीपीई सेट, पाँच सय थान एन ९५ मास्क र २५ थान थर्मल गन एनआरएनए प्रतिनिधी पुरन पौडेलले आईतबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई प्रदान गर्नुभयो ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै यो संकटको घडिमा प्रवाशमा बसेर पनि भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएकोमा एनआरएनए समन्वय अन्तराष्ट्रि समितिका सचिव राजेन्द्र कुमार शर्मा, गौरी जोसी र सह–कोषाध्यक्ष लोक दाहाललाई धन्यवाद व्यक्त गर्नुभएको थियो । 

प्रमुख दाहालले आफू नगरवासीहरुलाई कोरोना रोगको संक्रमणबाट जोगाउन कृयाशिल रहेको भन्दै प्राप्त सामाग्रीहरुले थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । प्राप्त स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा निकायका साथै फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई प्रदान गर्ने बताउनुभयो । 

सो अवसरमा प्रमुख दाहालले कोरोना रोगको महामारीबाट बच्न र बचाउनुका साथै संक्रमितहरुको उपचारका लागि महानगरपालिकाको संयोजनमा कोरोना विषेश अस्पताल र कोरोना रोगको पहिचानकालागि कोरोना परिक्षण प्रयोगशाला स्थापना गरी संचालनमा ल्याएको बताउनुभयो ।

प्रमुख दाहालले कोरोना रोगसँग बच्न सरकारले तोकेका नियमहरुलाई इमान्दारीताका साथ पालता गर्न नगरवासीहरुलाई आग्रह समेत गर्नुभयो । प्रमुख दाहालले विदेशबाट फर्किएका नागरिकहरुलाई सुरक्षित स्थानमा राख्नका लागि महानगरका २९ वटै वडाहरुमा क्वारेन्टइनको व्यवस्था गरिएको बताउँदै खाने तथा बस्ने व्यवस्था सम्बन्धीत वडा कार्यालयहरुले गर्ने समेत बनाउनु भयो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सह–कोषाध्यक्ष लोक दाहालले यो विपदको घडिमा मातृभूमीलाई सम्झिएर थोरै भए पनि स्वास्थ्य सामाग्री प्रदान गर्न पाएकोमा खुसी लागेको बताउँदै भरतपुर महानगरपालिकालाई सहयोग गरिएको बताउनभयो । दाहालले नेपालका विभिन्न स्थानमा स्वास्थ्य सामाग्रीहरु वितरण गरिरहेको बताउँदै आउँदा दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस