प्रधानमन्त्री ओली ६७ औं वर्षमा प्रवेश, यसरी मनाईयो जन्मदिन

शुक्रबार, ११ फागुन २०७४, १३ : २३
प्रधानमन्त्री ओली ६७ औं वर्षमा प्रवेश, यसरी मनाईयो जन्मदिन

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको ६७ औं जन्मदिन  हो । आजबाट प्रधानमन्त्री केपी शर्मा ओली ६७ औं वर्षमा प्रवेश गरेका छन् ।  

बालुवाटार स्थिति प्रधानमन्त्री कार्यालयमा शुक्रबार बिहानै मन्त्रीपरिषदको बैठक सकिए लगतै एक किसिमको उत्साहको माहोल थियो ।  ओलीले स्थानीय समिति सदस्यहरु, शुभचिन्तक, कार्यकर्ता तथा सञ्चारकर्मीका माझ केक काटेर जन्मदिन मनाएका थिए ।

शुक्रबार बिहान चीन र भारतीय राजदुत दुवै जनाले बालुवाटर पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए । विसं। २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा ओली जन्मिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस