काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमित अन्यत्र भन्दा अमेरिकामा धेरै देखिनुलाई सम्मानको रुपमा लिएको बताएका छन् । उनले संक्रमित धेरै देखिनुलाई अन्यत्र भन्दा धेरै र राम्रो परीक्षण परिणामले यो देखाएको दाबी समेत गरेका छन् ।
ह्वाइट हाउसमा कुरा गर्दै राष्ट्रपति ट्रम्पले ‘‘म यसलाई सम्मान स्वरुप दिइएको पदकका रुपमा लिन्छु, वास्तवमै यो सम्मानको पदक हो ।’ अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता सोमबार पहिलोपटक मन्त्रीपरिषद बैठक राखेका ट्रम्पले आफूहरुको परीक्षण धेरै रहेको बताएका हुन् ।
अमेरिकामा धेरै संक्रमित हुनुको अर्थ परीक्षण पनि धेरै भएको उनको दावी छ । उनले पत्रकारसँग भनेका छन्, ‘जब तपाईँहरुले अमेरिकामा संक्रमितको संख्या विश्वमै सबैभन्दा धेरै छ भन्नु हुन्छ, त्यो यसकारण भएको हो कि हामीले अरु सबैले भन्दा धेरै परीक्षण गरेका छौँ ।’
उनले भने, ‘तसर्थ जब तपाईँहरुले धेरैमा संक्रमण भएको भन्नुहुन्छ, मैले त्यो रुपमा हेर्दिन, म त्यसलाई सम्मानको रुपमा लिन्छु, यसको अर्थ हाम्रो परीक्षण अति राम्रो छ ।’ अमेरिकामा अहिलेसम्म ९३ हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको छ भने १५ लाख ७० हजारभन्दा बढी संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ जेठ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार