आन्तरिक राजश्व कार्यालय भरतपुर : माघ मसान्तसम्म लक्ष्यभन्दा ७ प्रतिशत राजस्व संकलन

शुक्रबार, ११ फागुन २०७४, १२ : ५७
आन्तरिक राजश्व कार्यालय भरतपुर : माघ मसान्तसम्म लक्ष्यभन्दा ७ प्रतिशत राजस्व संकलन

भरतपुर :चितवनमा लक्ष्यभन्दा वढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्यभन्दा ७ प्रतिशत वढी राजश्व अशुल भएको आन्तरिक राजश्व कार्यालय भरतपुरले जानकारी दिएको छ । माघ मसान्तसम्म ९ अर्व ९० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले १० अर्व ६४ करोड राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ७ प्रतिशत वढी हो । कार्यलयले अन्तःशुल्कवाट सवैभन्दा वढी ९ अर्व ५ करोड राजश्व अशुल गरेको छ । अन्तःशुल्कतर्फ ८ अर्व १४ करोड राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो ।

स्वास्थ सेवातर्फ सवैभन्दा कम राजश्व संकलन भएको छ । स्वस्थ्य सेवा तर्फ ५ करोड ६७ लाख लक्ष्य राखिएकोमा ३ करोड ७७ लाख राजश्व संकलन भएको हो । कार्यालयले आयकर,व्याजकर,मुअकर,शिक्षासेवामा पनि लक्ष्य अनुसारको राजश्व अशुल गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत थान प्रसाद पंगनीले कार्यालयले लक्ष्य भन्दा वढी राजश्व संकलन गर्न सफल भएपनि घरबाहाल लगाएतका कर संकलनमा भने समस्या भएको वताउनुभयो । उहाँले भरतपुर महानगरमा घरवाहल कर वापत न्यूनतम मासिक ५ हजार रुपैैंया निर्धारण गरिएको भएपनि स्थायी लेखा नम्वर अनिर्वाय नगरिएकाले सवै करको दायरामा आउन नसकेको वताउनुभयो । पंगेनीले थोरै घरवाहाल उठाउनेहरु करको दायरामा आएपनि धेरै घरबाहाल लिनेहरु अझैपनि करको दायरामा आउन नसकेको वताउनुभयो । चितवनमा भएका दुई ठुला मेडिकल कलेज ठुला करदातामा सुचिकृत भएका कारण स्वास्थ्यसेवा तर्फ राजश्व अशुलीमा कमी आएको पंगेनीको भनाई छ । सवैलाई करको दायरामा ल्याउनका लागी कार्यालयले निरन्तर अनुगमन गरिरहेको उहाँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस