काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका बन्द गर्न सङ्घीय सरकारसँग माग गरेको हो ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले मङ्गलबार विज्ञप्ति जारी गर्दै बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो । विज्ञप्तिमा ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको अवधिमा उपत्यका प्रवेश गर्ने नाकाबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोगको गुनासो गर्दै यस्तो निर्णय गरिएको’ उल्लेख छ ।
कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्ने निर्णय भएको जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ जेठ २०७७, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पर्यटकलाई भारततर्फका सबै नाका खुला
किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा
सङ्खुवासभाको किमाथांकासहित १४ वटा नाका शनिबारदेखि खुल्ने
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने