जेठ २० गतेसम्म लकडाउन थप्ने मन्त्रिपरिषद्‍को निर्णय

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०७७, २० : २४
जेठ २० गतेसम्म लकडाउन थप्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौँ । सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद्‍ बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन थप्ने निर्णय भएको हो।  

नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ । तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ । 

सोमबारदेखि लकडाउनको अवधि समाप्त हुँदैछ ।

प्रतिक्रिया दिनुहोस