काठमाडौं । दार्चुलाको व्यासका छाङरु र तिंकर गाउँका बासिन्दाले २०१८ सालअघिसम्म तिल्ली (कालापानी) पहाव (स्टेसन) मा भेडीगोठ राख्ने गरेका थिए । ती ठाउँमा अहिले भारतीय सुरक्षा फौज छ । स्थानीय बासिन्दा गाउँबाट तिल्सी पहावमा एक बास बसेर दोस्रो दिन ताक्लाकोट पुग्थे ।
‘व्यापार बोहकको समयमा भेडाबाख्रा र चौंरी फुप्पु तिल्सी क्षेत्रमै चरनका लागि लैजाने गथ्र्यौं,’ छाङरुका भजनसिंह ऐतवालले सुनाए । व्यासका बुढापाका अहिलेको कालापानीलाई तिल्सी भन्छन् । त्यसको ठाउँको नाम भारतीय सैनिक बसेपछि मात्रै कालापानी रहेको उनीहरुको भनाइ छ ।
‘तिल्सी पहाव क्षेत्रलाई २०१८ सालपछि कालापानी भनिँदै आयो’, ऐतवालले भने । तिंकरका ९० वर्षीय शोभानसिंह तिंकरीका अनुसार कालापानीको तल्लो भागलाई पांखा, तिल्सी पहाव क्षेत्रलाई यार्का, किर्मङकाङ, डोङकाङ, स्याङच्याम हुँदै लिपु भन्ने गरिन्थ्यो । किर्मङकाङ र स्याङच्याम पत्थर (स्लेट) ले छाना लगाइएका धर्मशाला छन् । ती शर्माशालामा हुम्लाबाट लामा आएर बस्थे ।
अहिले पनि भग्नाशेष भेट्न सकिन्छ । २०१८ सालमा ताक्लाकोट बजारबाट गाउँ फर्किँदा आफू र सँगै रहेका साथीलाई कालापानीमा रहेका भारतीय अर्धसैनिक बलले उतै फिर्ता पठाएको बताए । उनले गाउँ फर्किएपछि मात्रै त्यहाँ भारतीय सैनिक बसेका रहेछन् भन्ने थाहा भएको पनि बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ जेठ २०७७, ०८ : २७
लेखकबाट थप