काठमाडौं । आर्थिक वर्ष २०७७/८८का लागि सरकारले ल्याएको नीति तथा कार्यममा नेपालीको रोग प्रतिरोधी क्षमता बढाउने योजना अघि सारिएको छ ।
संघीय संसदको दुबै सदनलाई सम्वोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति रहेको बताएकी छिन् ।
प्रकृतिमैत्री स्वच्छ जिवनयापन प्रणाली निर्माण नेपालीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिने सरकारको भनाइ छ । राष्ट्रपति भण्डारीले सरकारले स्वास्थ राख्न उपचारात्मक र निरोधात्मक विधी अपनाउने उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०७७, १७ : ५६
लेखकबाट थप