तुइन हटाउने योजना सफल : राष्ट्रपति

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०७७, १६ : ५२
तुइन हटाउने योजना सफल : राष्ट्रपति

काठमाडौं । शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पेश गर्दे राष्ट्रपति विद्यादेवी भण्डारीले तुईन हटाउने वर्तमान सरकारको योजना सफल भएको दाबी गरेकी छिन् ।

 वर्तमान सरकारले कार्यकाल सुरु गरेलगत्तै तुइन हटाउने योजना प्राथमिकतासहित अघि सारेको थियो ।

सरकारले तुइन हटेको दाबी गरे पनि पहाडी क्षेत्रका केही नदीनालाहरुमा अझै पनि तुइनको प्रयोग भइरहेको छ । सरकारले पुलहरु निर्माण गरी तुइन विस्थापन गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस