एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

विहीबार, १० फागुन २०७४, १४ : ३०
एमाले स्थायी कमिटी बैठक बालुवाटारमा  सुरु

काठमाडौं । पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बालुवाटारमा  सुरु भएको छ ।
एमाले र माओवादीका शीर्ष नेतासहित  संयुक्त कार्यदलको बैठक सकिएलगत्तै एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । एमालेभित्र मन्त्रीका आकांक्षी धेरै  भएपछि टुंगो लगाउन  नेताहरुलाई सकस परेको छ ।

प्रतिक्रिया दिनुहोस