काँग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने

विहीबार, १० फागुन २०७४, १३ : १७
काँग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने

काठमाडौं । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक फागुन १३ गते आइतबार विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसद पौडेलले जानकारी दिए । बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन नै जारी गरेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ  ।

यस्तै कांग्रेसले फागुन १२ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकले दलको नेता चयनका बारेमा छलफल गर्ने बुझिएको छ । दलको नेतामा शेरबहादुर देउवा, प्रकासमान सिंह, शशांक कोइरालाले आकक्षा देखाएका छन् ।

केन्द्रीय समिति बैठकमा निर्वाचनको समिक्षका साथै संसदीय दलको नेता चयन, प्रतिपक्षको भुमिका लगायतका विषयमा छलफल हुने बताइएको छ । 

गत निर्वाचनमा लज्जासपद हार वेहोरेको कांग्रेसका कतिपय नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको असक्षमता भन्दै नेतृत्व फेर्नुपर्ने आवाज समेत उठाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस