बीबीसी । जर्मनीमा लकडाउन खुकुलो गरिएको मात्रै एकदिन पछि संक्रमितको संख्या बढेको आधिकारिक आँकडाले देखाएको छ ।
रोबर्ट कोच इन्स्टिच्युटका अनुसार लकडाउन खुकुलो पारेपछि संक्रमणको पुनः उत्पादनको दर बढिरहेको छ ।
यसको अर्थ यो भयो कि एक संक्रमित व्यक्तिले कतिजनालाई संक्रमित गर्न सक्छ, त्यो दर बढेको छ । हालको समयमा यो दर एकभन्दा बढी छ ।
यसको सीधा अर्थ यो हो कि देशमा संक्रमितको संख्या अब बढिरहेको छ ।
शनिबार हज्जारौं संख्यामा मानिस जम्मा भएका थिए । उनीहरुले लकडाउनलाई पूर्ण रुपमा समाप्त गर्न माग गरिरहेका थिए ।
यसअघि जर्मन चान्सलर एंगेला मर्केलले बुधबार १६ राज्यका नेतासँग कुराकानीपश्चात् देशव्यापी लकडाउनमा व्यापक छुटको घोषणा गरेकी थिइन् ।
संक्रमितको संख्या हेर्ने हो भने जर्मनी संसारको सातौं सबैभन्दा प्रभावित देश हो । जर्मनीमा कूल एक लाख ७१ हजार भन्दा बढी व्यक्ति संक्रमित छन् । जबकी मृत्यु हुनेको संख्या सात हजार बढी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ बैशाख २०७७, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति