आज मन्त्रीहरुकोको नाम टुङ्ग्याउने माओवादी केन्द्रको तयारी

विहीबार, १० फागुन २०७४, ०९ : ५५
आज मन्त्रीहरुकोको नाम टुङ्ग्याउने माओवादी केन्द्रको तयारी

काठमाडौं । नेकपा माओजादी केन्द्रले आजै पार्टीका तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने तयारी छ ।

यसअघि पटक पटक छलफल भएपनि क–कसलाई पठाउने भन्ने निर्क्याेल भैसकेको छैन् । सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रका बीचमा कसले कुन–कुन मन्त्रालय लिने भन्ने समेत टुङ्गिन बाँकी रहेकाले आफुहरुका तर्फबाट नामको टुङ्गो लगाउनमा ढिलाई भएको जस्तो देखिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन ।

भुषालले भनिन ‘आज कमरेड प्रचण्ड र ओलीबीच छलफल हुन्छ र मन्त्रालयको भागवण्डा मिलाउँछ त्यसपछि हामी हाम्रा तर्फबाट नाम पठाउछौँ । ‘
माअाेवादी केन्द्र वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा सहभागी हुने बारे छलफल चलिरहेकाे छ । तर अाैपचारिक रुपमा निर्णय भैसकेकाे छैन् ।

नेकपा एमालेले अर्थ मन्त्रालय लिने र माओवादीलार्इ गृह मन्त्रालय दिने सहमति एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको स्रोतको दावी छ । सम्भवतः अाज साँझसम्म माओवादी केन्द्रका तर्फबाट बादलसहित अर्का एक नेता मन्त्रीपरिषदमा सहभागी हुनेछन् ।

माओवादी केन्द्रबाट मन्त्रीहरूका रूपमा वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस