बस दुर्घटनामा एकको मृत्यु, एक घाइते

विहीबार, १० फागुन २०७४, ०८ : ०८
बस दुर्घटनामा एकको मृत्यु, एक घाइते

दमौली, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उहाँले दिनुभयो । सोही दुर्घटनामा परी घाइते सोलुखुम्बु जिल्ला घर भई हाल शुक्लागण्डकी नपा–४ सेराटार बस्ने २४ वर्षीया गर्भवती नितु मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खैरेनीटारबाट पोखरा जाँदै गरेको ना ५ ख १९८० नंको मिनीबस उक्त ठाउँमा सडक छेउमा दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस