काठमाडौँ । नेपालमा पछिल्लो कोरोना संक्रमणको हट स्पटका रुपमा देखा परेको समय उदयपुर, विरगंज र नेपालगञ्जमा थप २५ जनाको नमूना स्वाब परिक्षण गरिने भएको छ । सीमावर्ति जिल्लाका रुपमा रहेको यि क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमण हुनेको संख्या बढ्दै गएकाले एकैचोटी यतिधेरै संख्यामा नमूना स्वाब परिक्षण गर्न सरकार वाध्य भएको हो ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित संख्या अधिक रहेका र कोरोना संक्रमणको हट स्पट मानिएको उदयपुरमा ५००, विरगंज १ हजार र नेपालगञ्जमा १ हजार थप नमुना संक्रलन गर्न थालिएको हो । नमूना संकलन गरि काठमाडौँ ल्याउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण मशाशाखाको नेतृत्वमा नेपाली सेना सहितको टोली ति जिल्लातर्फ प्रस्थान गरेको छ ।
यि क्षेत्रमा भारतबाट ुकिछिपी नेपाल प्रवेश गरेका र परिक्षण नगरी लुकेर घरमा बसेका सम्भावितहरु बढि रहेको अनुमान गरिएको छ । जसका कारण सिंगो मुुुलुककै जनस्वास्थ्य जोखिममा परेको छ । आज अपराह्नसम्म थप कसैमा कोरोनाको संक्रमण नदेखिएपनि साँझ रिपोर्ट आएपछि थपिन सक्ने जनाइएको छ । हाल नेपालमा कुल ९९ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । जसमध्ये ७१ जना पुरुष र २८ जना महिला छन् ।
उनका अनुसार हालसम्म पिसिआर विधिबाट १४ हजार ५०९ जनाको परिक्षण भएको छ । त्यस्तै आरडिटि विधिबाट ५४ हजार ९३ जनाको तिब्र परिक्षण भएको छ । विगत २४ घण्टामा १ हजार ४५१ जनाले परिक्षण गराएका छन् ।
साथै हाल १७ हजार ३७२ जना क्वारेन्टाइनमा छन् । सम्भावित संक्रमित आइसोलेसनमा १३३ जना छन् । जसमा ३ जना उपत्यकाभित्र ३ जना उपत्यका बाहिर १३० जना छन् । त्यस्तै स्वमूल्यांकन गराउनको संख्या ३३ हजार ५०० रहेको छ । ति मध्ये ३३५ जना रेडजोनमा परेका छन् । उनीहरुको टे«सिग भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०७७, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति