आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित : प्रचण्ड

विहीबार, २५ बैशाख २०७७, १६ : ३०
आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै अध्यक्षबीच छलफल सकिएलगत्तै स्थायी कमिटि बैठक बोलाउने बताएका छन् । 

संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको बताए ।

प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको रहेको बताए । उनले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए । 

अध्यक्ष प्रचण्डले आज नै संसद सभाहलको अनुगमन पनि गरेका छन् । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए । 

आज संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ । संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।