काठमाडौँ । प्रदेश नं १ मा आज २५६ जनाको कोरोना रोगको परीक्षण भएको छ । द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म जम्मा आठ हजार २९१ जनामा नमूना परीक्षण भएको छ भने मङ्गलबारसम्ममा दुवै विधिबाट आठ हजार ३५ को कोरोना परीक्षण भएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडिटीतर्फ छ हजार ५५९ को नमूना परीक्षण भएको छ भने पिसिआरबाट एक हजार ७३२ को नमूना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६९५ को रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आजसम्म कूल एक हजार ६५१ र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४२ जना छन् । छ जना कोराना सङ्क्रमित उपचारपछि निको भएर आजै डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ बैशाख २०७७, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति