ओली–प्रचण्डबीचको वार्ता निष्कर्षविहीन, मन्त्री मण्डल बिस्तार आज नहुने

बुधबार, ०९ फागुन २०७४, १८ : ५७
ओली–प्रचण्डबीचको वार्ता निष्कर्षविहीन, मन्त्री मण्डल बिस्तार आज नहुने

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता निष्कर्षमै नपुगी टुंगिएको छ ।

मन्त्री मण्डल बिस्तारमा केन्द्रित ओली र प्रचण्डको आजको वार्ता विना निष्कर्ष टुंगिएको हो । मन्त्री मण्डल कति सदस्यीय बनाउने भन्ने विषयमा थप गृहकार्य आवश्यक रहेको भन्दै दुई नेताबीचको वार्ता सकिएको छ ।

ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार विहान ‘वान टु वान’ वार्ता भएको थियो । वार्तापछि दुवै नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास समेत पुगेका थिए ।

शितलनिवासमा राष्ट्रपतिसँगको छलफलमा मन्त्री मण्डल कति सदस्यीय राख्ने र कुन मन्त्रालय राख्ने भन्ने विषय उठेपछि मन्त्री मण्डल विस्तार तत्काललाई केही दिन थाती राख्ने निचोडमा दुई नेता पुगेका हुन् ।

संविधानमा २५ सदस्यीय मन्त्री मण्डल बनाउन सकिने व्यवस्था छ । ओली र प्रचण्ड भने १८ सदस्यीय भन्दा बढीको मन्त्री मण्डल बनाउन नहुनेमा छन् ।

प्रतिक्रिया दिनुहोस