प्रा.डा. गोविन्द केसीद्धारा आफ्नो जन्ममिति फरक फरक रहेको स्वीकार

बुधबार, ०९ फागुन २०७४, १७ : ४८
प्रा.डा. गोविन्द केसीद्धारा आफ्नो जन्ममिति फरक फरक रहेको स्वीकार

 काठमाडौं । प्रा.डा. गोविन्द केसी आफैंले आफ्नो जन्ममिति फरक फरक रहेको स्वीकार गरेका छन् । सामाजिक संजालमा उनका फरभ फरक तीन वटा जन्ममिति भाईरल भएपछि उनले त्यसको सफाई दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

डाक्टर गोविन्द केसीकै तिनथरी जन्ममिति देखीयो

पत्रकार सम्मेलनमा उनले वितरण गरेको विज्ञप्तीमा जन्ममिति फरक भएको स्वीकार गरिएको हो ।   डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएको हो ।
डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ ।

उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।
प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक जन्ममिति हुन पुगेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस