विकासका क्रममा अव यो देशको पानीको थोपाथोपा र जमिनको टुक्राटुक्राको पनि सदुपयोग हुन्छ : प्रधानमन्त्री ओली

बुधबार, ०९ फागुन २०७४, १७ : ४१
विकासका क्रममा अव यो देशको पानीको थोपाथोपा र जमिनको टुक्राटुक्राको पनि सदुपयोग हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले पुर्णतापाएसँगै मुलुकमा बिकासको मुहान खुल्ने बताएका छन् । उनले भने, ‘‘विकासका क्रममा अव यो देशको पानीको थोपाथोपा र जमिनको टुक्राटुक्रको पनि सदुपयोग हुन्छ ।’

काठमाडौंको इन्द्रदहमा पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘यो सरकारले पाइला पाइलामा विकास निर्माणका काम गर्नेछ, अरु सरकारजस्तो यो सरकार निदाएर बस्दैन ।’
प्रधानमन्त्री ओलीले सरकारले देशको विकास निर्माण अघि बढाउने क्रममा पानीको थोपाथोपा र जमिनको एकएक टुक्राको सदुपयोग गर्ने पनि बताए ।

फरक प्रशंगमा ओलीले नेपालका ऐतिहासिक किल्ला र गढीको संरक्षण तथा पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी भइरहेको पनि बताए ।   उनले इन्द्रदहमा हाल रहेको कालु पाँडेको अर्धकदको शालिक पुर्ण कदको बनाउने घोषणा समेत गरे । प्रधानमन्त्री ओलीले  दुई दिनभित्र मन्त्रिमण्डल विस्तार हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस