नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

सोमबार, २२ बैशाख २०७७, १२ : ३६
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

फाइल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

आज विहान १० बजेतिर पहिरो खसेपछि सो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिले सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित सडकखण्डमा वर्षाका कारण पहिरो खसेको थियो । पहिरोसँगै रुख समेत ढलेपछि बाटो अवरुद्ध भएको थियो ।

लकडाउनका कारण सडकमा सवारीको चाप कम भएपनि मालबाहक सवारी साधनहरु बिच बाटोमै रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस