एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप बन्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले दर्शकले सोधेका प्रश्नको उत्तर दिने क्रममा सो कुरा बताएका हुन् ।
कोरोना भाइरसविरुद्धको खोपका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप बन्छ भन्ने मलाई विश्वास छ ।’ उनले यसै वर्षको सेप्टेम्बरमा विद्यालय खोल्नेबारेमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले पाको उमेरका शिक्षकलाई केही समस्या हुने चिन्ता रहेको तर विद्यालय त खोल्नै पर्ने बताए ।
ट्रम्पले कोरोना भाइरसलाई लिएर डेमोक्रेटिक पार्टीका नेताको आलोचना गरेका छन् । उनले कोरोनाका कारण अवस्था झनै बिग्रिएमा उनीहरुलाई राजनीतिक फाइदा हुने टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार