एकैदिन १६ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, २१ बैशाख २०७७, २० : १६
एकैदिन १६ जनामा कोरोना संक्रमण

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबारै सोही स्थानमै ९ र पर्सामा १ जनामा संक्रमण देखिएको छ । योसँगै एकैदिन १६ जनामा संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाको कुल संक्रमित ७५ जना पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  
६ जनामा नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।