काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम र उपचारका लागि प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शीरूपमा वितरण भइरहेको जनाउनुभएको छ ।
‘सेभ द चिल्ड्रेन’ले दिएको स्वास्थ्य सामाग्री आज मन्त्रालयमा आयोजित कार्यक्रममा ग्रहण गर्दै मन्त्री ढकालल कुन संस्थाले कति दिएको र कहाँकहाँ वितरण गरिएको भन्ने सबैले जानकारी लिनसक्ने गरी प्रबन्ध गरिएको बताउनुभएको हो ।
मन्त्री ढकाकलले स्वास्थ्यकर्मीको अगुवाइमा कोरोनाविरूद्धको लडाइँ लडिरहेको भन्दै उहाँहरूको मनोबल उच्च बनाउनुपर्ने बताउँदै अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको उल्लेख गर्नुभयो ।
उहाँले ती सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको सङ्क्रमणबाट रोक्न सहयोग पुग्ने बताउँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा प्राप्त ऐक्यवद्धताका लागि आभार प्रकट गर्नुभयो ।
सो अवसरमा सेभ द चिल्ड्रेनले पिपिइसहित १ हजार ७ सय ४३ सेट आदि सामग्री हस्तान्तरण गरेको थियो । सो संस्थाका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले थप सामग्री दिने तयारीसमेत रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २१ बैशाख २०७७, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति