पाकिस्तानमा कोरोनाबाट चार सय सत्र जनाको मृत्यु

शनिबार, २० बैशाख २०७७, १६ : ४७
पाकिस्तानमा कोरोनाबाट चार सय सत्र जनाको मृत्यु

एजेन्सी । हालसम्म पाकिस्तानमा १८ हजार १ सय १४ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने ४ सय १७ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय दक्षिण एसियाली देशहरुमा पनि कोरोनाको प्रकोप बढ्दै गएको छ। दक्षिण एसियामा भारत कोरानाबाट सबैभन्दा बढी प्रभावित बनेको छ।

भारतमा हालसम्म ३७ हजार ३ सय ३६ जना कोरोनाबाट संक्रमित बनेका छन् भने १२ सय २३ जनाको मृत्यु भएको छ।

बंगलादेशमा हालसम्म ८ हजार ७ सय ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १ सय ७५ जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा अहिलेसम्म २ हजार ४ सय ६९ जना कोरोनाबाट संक्रमित भएका छन् भने ७२ जनाको मृत्यु भएको छ। यसैगरी श्रीलंकामा ६ सय ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ, ७ जनाले ज्यान गुमाएका छन्।

माल्दिभ्समा हालसम्म कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ४ सय ९१ जना संक्रमित बनेका छन्।

नेपालमा हालसम्म ५९ जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस