एजेन्सी । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले कोरोनाभाइरस संक्रमणको उपचारका लागि इबोलाको औषधी रेमडेसिवियरको प्रयोगमा आपतकालीन मञ्जुरी दिएको छ । यो जानकारी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन् ।
ट्रम्पका अनुसार यो औषधी बनाउने कम्पनी गिलियाडका मुख्य कार्यकारी अधिकारीले एफडीएको निर्णयलाई पहिलो महत्वपूर्ण कदम बताएका छन् र रेमडेसिवियरको १० लाख सीसी दान गर्ने दाबी गरेका छन् ।
अमेरिकामा भएको रेमडेसिभियरको एक ट्रायलमा यो औषधीमार्फत् कोरोनाभाइरसको उपचारका लागि प्रभावकारी देखिएको बताइएको छ । यद्यपि, चीनमा भएको एक अध्ययन अनुसार यो औषधीको कोरोनाको उपचारमा कुनै फाइदा भएन ।
रेमडेसिवियर एक एन्टी भाइरसल औषधी हो जसलाई मुख्य रुपमा इबोलाको उपचारका लागि विकसित गरिएको थियो । स्रोतः बीबीसी
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति