हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ ।
सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नयाँ शैक्षित्रसत्र शुरु भएको गत फागुनदेखि नै कक्षा सञ्चालन भइरहेकाले अहिले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको बताउनुभयो ।
सुनखानी प्राथमिक विद्यालयमा नेपाली पाठ्यपुस्तकसहित तिब्बतियन भाषा र ज्ञानका कुरा पनि पढाइ हुने गरेको छ । यो विद्यालयमा हाल ४५ विद्यार्थीले नियमित पठनपाठन गर्दै आएका छन् । जाङ र हल्जी गाउँमा अझैसम्म बाक्लो हिउँ भएकाले बाहिरका शिक्षक उपस्थित हुन नसक्दा स्थानीय शिक्षकले पठनपाठन गराइरहेका विद्यालयका प्रधानध्यापक कर्णजीत बुढाले जानकारी दिनुभयो ।
यस्तै वडा ६ मा पर्ने जाङ गाउँमा रहेको भृकुटी प्राविमा पनि पठनपाठन चलिरहेको छ । सरकारी दरबन्दीका शिक्षक विद्यालयमा नपुगे पनि स्थानीय करार शिक्षकले पठनपाठन गराइरहेका छन् । लिमी जाने दुई नाका नारा र न्यालु हिमपातले बन्द हँुदा शिक्षक जान सक्ने अवस्था छैन । यी विद्यालयमा अभिभावकको सहयोगमा बिहानको खाना र दिउँसोको खाजा विद्यालय मै व्यवस्था गरिएको छ । गाउँका सबैले पालैपालो विद्यार्थी तथा शिक्षकलाई खाना तथा खाजा पकाएर खुवाउने व्यवस्था गरिएको छ ।
वडा नं ६ का अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी उपत्यकाको भित्री क्षेत्रमा बन्दाबन्दीको कुनै प्रभाव नरहेको र अन्यत्रका मानिस कोही पनि आउन नपाउने स्थानीयको नियमले गर्दा पठनपाठन भइरहेको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले विद्यालय सञ्चालनबारे कुनै जानकारी नभएको बताउनुभयो । सदरमुकाम सिमकोटबाट चार दिन पैदल हिँडेपछि लिमी पुग्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ बैशाख २०७७, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
वीरगन्ज महानगर क्षेत्रका विद्यालय तीन दिन बन्द
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
नतिजाका आधारमा विद्यालयलाई अनुदान
विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिए