काठमाडौ । विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेलैमा निर्णय नगर्दा अहिले कक्षा १ का विद्यार्थीको रजिस्ट्रेसन फाराम, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीका लागि आवश्यक पर्ने कक्षा १० को परीक्षा फाराम र कक्षा ११ मा अध्ययनरत विद्यार्थीका रजिस्ट्रेसन फाराममा विलम्ब भएका छन् ।
माध्यमिक तहको शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था कार्यान्वयन गर्ने हो भने सरकारी तहबाट नै सुरुवात गर्नुपर्ने आबाज उठेपछि यो शीर्षकमा शुल्क नलिने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ ।
मन्त्रालयबाट स्पष्ट निर्देशन नआएका कारण राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि फाराम भराउन सकेको छैन । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ पुस २०८१, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
संस्थागत विद्यालय समेत बन्द गर्न नेपाल शिक्षक महासङ्घको आग्रह
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
जनप्रतिनिधिलगायतले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती
सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध