कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहनुभएको छ ।
करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुई अज्ञात व्यक्तिले रिभल्वरले उहाँलाई गोली प्रहार गरेका थिए ।
वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उहाँलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताउनुभयो । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो । रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बुटवलमा युवतीमाथि गोली प्रहार
गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार
दिल्लीमा मध्यराति युवती माथि गोली प्रहार
मोटरसाइकलमा सवार युवकमाथि गोली प्रहार
दाइले प्रहार गरेको गोली लागेर भाइको मृत्यु, दाजु फरार
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु