प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

बुधबार, ०९ फागुन २०७४, ११ : ४८
प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

काठमाडौं । सरकार विस्तारबारे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान १० बजे सुरु भएको छलफल एक घण्टा चलेको थियो ।

छलफल सकिएलगत्तै दुवै जना राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेतावीचको छलफल सरकार विस्तार र मन्त्रालय बाँडफाँडमा केन्द्रीत रहेको बताए ।
दुई दलबीच सहमति नहुँदा पहिलो चरणमा सरकारमा नगएको माओवादी पछिल्लो सहमतिसँगै सरकारमा सहभागि हुन लागेको हो ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रालय बाँडफाँडका विषयमा पनि छलफल हुने बताइएको छ । माओवादीले महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा ६ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको छ । दुई नेताबीचको छलफलपछि माओवादीलाई समेटेर आजै मन्त्रिमण्डाल  विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस