प्रधानमन्त्री ओलीको समर्थनमा बामदेव गौतमकी श्रीमतीले हस्ताक्षर गर्न मानिनन्

बुधबार, १७ बैशाख २०७७, १८ : ५४
प्रधानमन्त्री ओलीको समर्थनमा बामदेव गौतमकी श्रीमतीले हस्ताक्षर गर्न मानिनन्

काठमाडौं । नेकपा संसदीय दलमा आफ्नो बहुमत देखाएर प्रधानमन्त्री पदमै रहिराख्ने योजनाअनुरुप प्रधानमन्त्री केपी शर्मा ओली हस्ताक्षर अभियान थालेका छन् । 

आफूमाथि पद छाड्ने थप दवाव बढेपछि बुधबार बिहानमात्रै पनि ओलीले झण्डै एक दर्जन सांसदहरुलाई बालुवाटर बोलाएर हस्ताक्षर गराएका छन् । 

ओलीको बोलावटमा बुधबार बिहान बालुवाटार पुगेका सांसदहरुले आफूले खाली कागजमा हस्ताक्षर गरेको बताएका छन् । 

बालुवाटामा बोलाइएकामध्ये नेकपा उपाध्यक्ष वामदेव गौतमपत्नी तथा सांसद तुलसा थापा (गौतम) ले भने हस्ताक्षर गर्न अस्वीकार गरेकी छिन् । 

हस्ताक्षर अभियान चलाउँदा पार्टीभित्र थप समस्या आउने ठानेर आफूले हस्ताक्षर नगरेको थापाले बताइन् ।