कोरोना कहर : संक्रमितको संख्या अमेरिकामा १० लाख नाघ्यो, ५८ हजार बढीको मृत्यु

बुधबार, १७ बैशाख २०७७, ०९ : ३४
कोरोना कहर : संक्रमितको संख्या अमेरिकामा १० लाख नाघ्यो, ५८ हजार बढीको मृत्यु

एजेन्सी । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको  कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या१० लाख भन्दा बढी पुगेको छ ।

जोन हप्किन्स विश्व विद्यालयलका अनुसार  अमेरिकामा हालसम्म कुल संक्रमितको संख्या १० लाख १२ हजार ५ सय भन्दा बढी पुगेको छ ।  यस्तै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या  अमेरिकामा ५८ हजार नाघेको छ । अहिलेसम्म ५८ हजार ३४८ जनाको मृत्यु भएको छ ।  विश्वमा हालसम्म संक्रमितको संख्या ३१ लाख १५ हजार भन्दा बढी तथा मृत्यु हुनेको संख्या २ लाख १७ हजार पुगेको छ ।

अमेरिकापछि सबैभन्दा धेरैको मृत्यु भएको इटालीमा ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय ५९ पुगेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख १ हजार भन्दा बढी छ । यस्तै स्पेनमा मृत्यु हुने २३ हजार ८ सय २२ र संक्रमितको संख्या २ लाख ३२ हजार भन्दा बढी पुगेको छ ।

फ्रान्समा संक्रमित १ लाख ६९ हजार तथा मृत्यु हुने २३ हजार ६ सय ६० र बेलायतमा संक्रमित एक लाख ६२ हजार तथा मृत्यु हुने २१ हजार ६ सय ७८ रहेको छ । अमेरिकामा लगायतका देशहरुले कोरोनाको संक्रमण रोकथामका लागि विभिन्न सतर्कता, उपाय अपनाएपनि संक्रमण रोकिन सकेको छैन् ।