भरतपुर कोरोना अस्पतालमा चोरी भएको भनिएको घटनाप्रति नेकपा चितवनको ध्यानाकर्षण

मंगलबार, १६ बैशाख २०७७, १७ : ३७
भरतपुर कोरोना अस्पतालमा चोरी भएको भनिएको घटनाप्रति नेकपा चितवनको ध्यानाकर्षण

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चिवतवनले भरतपुर कोरोना विषेश अस्पतालमा चोरी भएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा जिल्ला कार्यालय, चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले आज मंगलबार विज्ञप्ति जारी गरी आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘भरतपुर कोरोना विषेश अस्पताललाई भरतपुर अस्पताल मातहतमा संचालन गर्ने गरी भरतपुर महानगरपालिका र भरतपुर अस्पतालको सहमति पनि भइसकेकोमा, भरतपुर कोरोना अस्पतालका बारेमा विभिन्न सञ्चार माध्यम तथा सिसीटिभि फुटेज भनि प्रचारित सामग्रीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाचारहरुमा कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत कर्मचारीलाई चोरी गरेको भन्ने आरोपसहित आर्थिक हिनामिनाको समेत विषय उठाएर अनावश्य राजनितिकरण भएको नेकपा चितवनले ठहर गरेको छ ।

उक्त घट्नाबारे सम्बन्धित निकायलाई छानविनमा सत्यतथ्य पत्ता लगाउन अनुरोध गर्दै नेकपाले उक्त कार्यमा सहयोग गर्ने जनाएको छ । 

कुनै व्यक्ति विशेष र संघसंस्थालाई अनावश्यक विवादमा ल्याएर सत्यतथ्य पत्ता नलगाइकन समाचार सम्प्रेषण नगर्न पनि नेकपा चितवनले सञ्चार माध्यमलार्ई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।